×

मुम्बईमा लुकेर बसेका अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ

images


काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान (सिआइबी) को टोलीले उनलाई पक्राउ गरेको हो। सिआइबीका अनुसार शर्मा भारतको मुम्बईमा लुकेर बसेका थिए। सिआइबीको टोलीले उनलाई मुम्बईबाट नै पक्राउ गरेको हो।

भक्तपुरको लोकन्थलीमा केन्द्रीय कार्यालय स्थापना गरी देशका विभिन्न शहरमा शाखा सञ्चालन गरेको सहकारीले बचकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम ठगी गरेको उजुरी परेको छ।

उपत्यकाका ३ वटै जिल्ला र उपत्यका बाहिर पनि प्रमुख शहरहरुमा शाखा विस्तार गरेको सहकारीका सञ्चालविरुद्ध सबै शाखाका बचतकर्ताले उजुरी गरेका छन्। उनीविरुद्ध भक्तपुर जिल्ला अदालतमा सिबीआइले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दासमेत दायर गरिसकेको छ

मङ्गलबार १२ असार २०८० ०९:३७ AM मा प्रकाशित

प्रतिक्रिया