असार १४ गते बकर इदको सार्वजनिक बिदा

    images

    काठमाडौं । नेपाल सरकारले यही असार १४ गते इदका अवसरमा सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले मङ्गलबार सार्वजनिक सूचना जारी गरी असार १४ गते बकर इद (ईद उल अजहा) पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको छ ।

    मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माद्वारा जारी उक्त सूचनाका अनुसार नेपाल राजपत्रमा प्रकाशित गत चैत २ को सूचनाअनुसार इस्लाम धर्मावलम्बीको पर्व बकर इद (ईद उल अजहा) भएकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरिएको छ ।

    मङ्गलबार १२ असार २०८० ०४:५७ PM मा प्रकाशित

    प्रतिक्रिया