मेलम्ची खानेपानी आयोजनाको मुहानको ढोका मनसुन सुरु हुनु अघि नै बन्द हुने भएको छ । अघिल्लो वर्ष असार १ गतेको बाढीले क्षति गरेपछि मर्मत गरी गएको चैतमा पानी पथान्तरण गरिएको थियो ।
मर्मतपछि अस्थायी रुपमा काठमाण्डौमा पानी पठाउन थालिएको थियो । तर यस पटकको वर्षायाममा समेत बाढी÷पहिरो आउन सक्ने र खानेपानी आयोजनाको मुहान क्षेत्रमा क्षति हुनसक्ने अनुमानसहित पानी पथान्तरण गर्ने सुरुङको ढोका बन्द गर्न लागिएको हो ।
मुहान क्षेत्रलाई जोगाउन एक नम्बर ढोका (वफर ड्याम) हेडवर्क्स अन्तर्गतका ९, १०, ३८ तथा अम्बाथानको अडिट पोर्टल अर्थात सुरुङ सफा गर्ने ढोका बन्द गर्न फलामे ढोका तयार गरिएको छ । मुहान क्षेत्रमा बाढीको पूर्वसूूचना दिने सतर्कताको घण्टी समेत जडान गरिएको छ ।
खानेपानी मन्त्रालयले मेलम्चीको पानी नआएका बेला काठमाडौंको वाग्मती, भक्तपुरको महादेव जलाशय तथा जमिनमुनिको पानी सङ्कलन गरी प्रशोधन पछि वितरण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
प्रतिक्रिया