×

श्रीलङ्कालाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयाेग चाहिएकाे छ : राष्ट्रपति राजपाक्षे

images

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजपाक्षेले श्रीलङ्कालाई औषधि, खाद्यान्न आपूर्ति र इन्धनको आवश्यकता पूरा गर्न मद्दत गर्न आह्वान गर्नुभएको छ । 

जापानको टोकियोमा भिडियोमार्फत आयोजित 'फ्युचर अफ एसिया' कार्यक्रममा राष्ट्रपति राजपाक्षेले अहिले आफूहरू गम्भीर आर्थिक सङ्कटबाट गुज्रिरहेको भन्दै आफूहरूलाई तुरुन्तै अन्तर्राष्ट्रिय समुदायबाट सहयोगको आवश्यकता रहेको बताउनुभएको समाचार संस्था एएनआईले जनाएको छ । 

चरम आर्थिक समस्याका बीच श्रीलङ्काले भर्खरै झन्डै झण्डै ५१ अर्ब अमेरिकी डलर बराबरको विदेशी ऋण चुक्ता गरेको छ । गलत आर्थिक नीतिहरूका कारण श्रीलङ्काले पर्याप्त इन्धन किन्न नसक्नुको साथै खाद्यन्नसमेत अभाव भइरहेको छ । 

राष्ट्रपति राजपाक्षेले युक्रेन–रुस द्वन्द्व र कोभिड–१९ को महामारीका कारण आफ्नो देशको आर्थिक सङ्कट झनै बढेको बताउनुभयो । खाद्यान्न र इन्धनको अभाव, बढ्दो मूल्य र बिजुली कटौतीका कारण श्रीलङ्काले स्वतन्त्रतापछि सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ । 

शुक्रबार​ १३ जेठ २०७९ ०५:१३ PM मा प्रकाशित

प्रतिक्रिया