काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार, अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ११ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७१ पैसा रहेको छ । अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ८६ पैसा हुँदा बिक्रीदर ८९ रुपैयाँ २६ पैसा रहेको छ ।
यसैगरी पाउण्ड एकको खरिददर १५७ रुपैयाँ ८२ पैसा र बिक्रीदर १५८ रुपैयाँ ५४ पैसा रहेको छ । युरो एकको खरिददर १३९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ भने कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा रहेको छ ।
प्रतिक्रिया