काठमाण्डौँ। शेयर बजारद्वारा नयाँ सरकारको स्वागत गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा नयाँ सरकार गठनको पहिलो दिन नै नेप्से सूचकमा ३ प्रतिशत माथिले बढ्दै १९ सयको बिन्दु चुमेको हो । सेयर बजार परिसूचक नेप्सेले सोमबार आधा शतक पुरा गरेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार यसदिन नेप्से सूचक ५६.८६ अंकले बृद्धि हुँदै १९२४.०७ अंकमा उक्लिएको छ भने २ अर्ब ९ करोड ७० लाख रूपैयाँ माथिको सेयर कारोबार भएको छ । आज सेन्सेटिभ इन्डेक्स समेत ८.३८ अंकले बढ्दै ३७५.४४ बिन्दुमा पुगेको छ । अन्य समूहको उपसूचक बाहेक १२ वटा उपसूचक आज धनात्मक भएका छन् ।
सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ६.५२ प्रतिशतले बढेको छ भने आज हाइड्रोपावर समूह ५.१६ प्रतिशत, डेभलपमेन्ट समूहको उपसूचक ४.६६ प्रतिशत, इन्भेष्टमेन्ट समूह ४.१६ प्रतिशतले बढेको छ । यस्तै, निर्जीवन बीमा समूहको उपसूचक ३.३८ प्रतिशतले बढ्दा यता बैंकिङ समूहको उपसूचक आज ३.३५ प्रतिशतले बढेको छ ।
आज एक दर्जन बढी कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेको छ ।
प्रतिक्रिया