×

श्रीलंकालाई हराएपछि अस्ट्रेलियालाई राहत

images

पर्थ । मार्कस स्टोइनसले उत्कृष्ट र आक्रामक अर्धशतक बनाएपछि अस्ट्रेलियाले ट्वान्टी ट्वान्टी विश्वकप सुपर–१२ को ग्रुप–वानमा मंगलबार श्रीलंकालाई सजिलै सात विकेटले हराएको छ । न्युजिल्यान्डविरुद्धको पहिलो खेल गुमाएको डिफेन्डिङ च्याम्पियन अस्ट्रेलियाका लागि अहिलेको जित ठूलो राहत भएको छ ।

जितका लागि १ सय ५८ रन पछ्याएको अस्ट्रेलियाले २१ बलको खेल बाँकी छँदै तीन विकेट गुमाएर विजयी रन बटुल्यो । ‘प्लेयर अफ द म्याच’ स्टोइनसले आक्रामक ब्याटिङको नमुना पेस गर्दै १८ बलमा ५९ रन बनाए र नटआउट पनि रहे । उनले चार चौका र छ छक्का प्रहार गरे । यस्तै एरोन फिन्चले ३१ र ग्लेन म्याक्सवेलले २३ रन बनाए ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको श्रीलंकाले छ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । त्यसमा प्रारम्भिक ब्याटर पथुम निसान्काले बनाएको ४० रन नै सबैभन्दा उच्च व्यक्तिगत स्कोर रह्यो । अस्ट्रेलियाली बलरहरूले कसिकसाउ बलिङ गरे । 

बुधबार ९ कात्तिक २०७९ ०८:३४ AM मा प्रकाशित

प्रतिक्रिया