×

पीएसजीको जितमा मेसी र एमबापेको दुई दुई गोल

images

पेरिस । युरोपेली च्याम्पियन्स लिगको समूह ‘एच’ को खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार मकाबी हाइफालाई ७–२ ले हराएको छ र त्यसमा त्यसमा लियोनल मेसी र केयलिन एमबापेले दुई दुई गोल गरे । तर यही समूहबाट युभेन्ट्स भने बाहिरिएको छ । उसलाई बेनफिकाले ४–३ ले हरायो ।

हारपछि युभेन्ट्स तीन अंकमै सीमित रह्यो । पेरिस सेन्ट जर्मेन (पीएसजी) र बेनफिकाको समान ११ अंक छ । समूह ‘ई’ बाट चेल्सी अन्तिम १६ पुग्न सफल रह्यो र उसले साल्सबर्गलाई २–१ ले हरायो । यस समूहको दोस्रो स्थानमा रहेको एसी मिलानले डायनामो जागरेभलाई ४–० ले पराजित गर्‍यो । समूह ‘जी’ बाट बोरुसिया डर्टमुन्ड अर्को चरण पुग्यो ।

यसका लागि उसले म्यानचेस्टर सिटीलाई बहादुरीपूर्वक गोलरहित बराबरीमा रोक्यो । साख्तर डोनेस्क र सेल्टिकले भने १–१ को बराबरी खेले । डर्टमुन्डमा भएको खेलमा सिटीका लागि रियाद मेहराज पेनाल्टीबाट गोल गर्न चुके । यस्तै समूह ‘एफ’ मा आरबी लाइपजिगले रियल म्याड्रिडलाई ३–२ ले हरायो । समूहको अर्को खेलमा साख्तरले सेल्टिकसँग १–१ को बराबरी खेले । 

बुधबार ९ कात्तिक २०७९ ०८:३७ AM मा प्रकाशित

प्रतिक्रिया