चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त भएका छन् । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले केसीलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । तर, सरकारले केसी बोर्ड अध्यक्षमा नियुक्त भएको आधिकारिक घोषणा भने आज मात्र गर्दैछ ।
केसी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन् । दयाराम दाहालको कार्यकाल सकिएपछि रिक्त रहेको पदलाई पुर्णता दिइएको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार बोर्ड अध्यक्षका लागि केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, सम्झना उप्रेती रौनियार, सुचित्रा श्रेष्ठ, सुनीलकुमार पोखरेल र सुष्मा कार्कीले निवेदन दिएका थिए ।
प्रतिक्रिया