क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा पीडितलाई १ लाख क्षतिपूर्ति दिन आदेश

    images

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले गौशाला-२६ लाई क्षतिपूर्ति दिन आदेश दिएको छ।

    सोमबार काठमाडौं जिल्ला अदालतले क्रिकेटर लामिछानेविरुद्धको मुद्दामा जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।

    जिल्ला अदालतका न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले जाहेरीकर्ता गौशाला-२६ लाई राहातस्वरूप सरकारी कोषबाट १ लाख क्षतिपूर्ति दिन आदेश दिएको हो।

    तर, जाहेरीकर्ता गौशाला-२६ ले लामिछानेबाट १० लाख र मासिक ५० हजार भरणपोषण खर्च मागेकी थिइन्।

    सोमबार ११ असार २०८० ०७:४० PM मा प्रकाशित

    प्रतिक्रिया