×

आइएस विद्रोहीका मूख्य नेता मारिएको दाबी

images


काठमाडौं । सन् २०२१ मा काबुल विमानस्थलमा भएको घातक आत्मघाती बम बिस्फोटका योजनाकार इस्लामिक अतिबादी संगठन (आइएस) का वरिष्ठ नेता मारिएको दाबी गरिएको छ ।

अफ्गानिस्तानको सत्तारुढ तालिवान नेतृत्वले यही अप्रिलको सुरूमा चलाएको आइएस विरुद्धको कारबाहीमा आइएसका वरिष्ठ कमाण्डर मारिएको दाबी अमेरिकी अधिकारीहरुको दाबी छ ।

यद्दपी मारिएको भनिएका आइएस नेताको नाम भने सार्वजनिक गरिएको छैन । दुई वर्ष अघि काबुल विमानस्थलमा भएको बम आक्रमणमा १७० सर्वसाधारण र १३ अमेरिकी सैनिकको मृत्यु भएको थियो ।

त्यसको प्रतिकार स्वरुप अमेरिकाको गोप्य सुचनाको आधारमा तालिवानले आइएस विरुद्ध कारबाही गरेको बताईएको छ । एजेन्सी

बुधबार १३ बैशाख २०८० ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया