×

नेक्सस–संकटा कप आइतबारदेखि

images

नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबको संयुक्त आयोजनामा पाँचौं नेक्सस–संकटा कप फुटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ । प्रतियोगितामा १६ टिमको सहभागिता रहने आयोजक नेक्ससका प्रिन्सिपल आरबी कट्वालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

विजेताले ५० हजार र उपविजेताले २५ हजार नगद पुरस्कार पाउने छन् । प्रिन्सिपल कट्वालले आगामी दिनमा पुरस्कार राशीलाई बृद्धि गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्दै युवा खेलाडी उत्पादनमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको सुरुआत गरिएको बताए ।

प्रतियोगिता संयोजक विवेक कट्वालले प्रतियोगिताको नारा ‘फुटबल फर एडुकेसन’ रहेको जानकारी गराउदै फुटबलका जनशक्ति रेफ्री, ग्राउन्ड स्टाफलगायत उत्पादनमा पनि नेक्सस लागि परेको बताए ।
पत्रकार सम्मेलनमा संकटा, मध्यपुर युथ एसोसिएनका प्रतिनिधि, सहभागी टिमका प्रशिक्षक, कप्तानलगायतको उपस्थिति थियो । नकआउट आधारमा हुने प्रतियोगिताका खेलहरु मध्यपुर थिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा हुनेछ ।

 

शुक्रबार​ ९ मंसिर २०७९ ०२:४९ PM मा प्रकाशित

प्रतिक्रिया