×

लक्ष्मीपूजाको साँझ ३८० मेगावाट बिजुली भारत निर्यात, १३ सय मेगावाट खपत

images

काठमाडौं । लक्ष्मीपूजाका दिन नेपालमा १३ हजार बढी मेगावाट विद्युत खपत छ । सोमबार साँझ देशभर १३०५ मेगावाट विद्युत खपत भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । जुन अघिल्ला वर्षको तुलनामा उच्च हो ।

सोमबार साँझ ६ः१० मिनेटमा सबै भन्दा उच्च खपत भएको प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजामा विद्युतको उच्चतम खपत १ हजार २ सय मेगावाट थियो । यस वर्ष गत वर्षको तुलनामा लक्ष्मीपूजाको पिक डिमाण्ड ३५ मेगावाट बढी रहेको छ ।

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । यसवर्ष लक्ष्मी पूजाका दिन पिक देशभित्रको १४०० मेगावाटको डिमाण्ड हुने प्राधिकरणको अनुमान रहेको थियो । लक्ष्मीपूजाको साँझमा ‘पिक’ समयमै प्राधिकरणले ३८० मेगावाट विद्युत भारत निर्यात गरेको छ । 

तिहारमा उद्योग, कलकारखाना बन्द हुने भएपनि झिलिमिली बत्तीलगायतका विद्युतीय बत्ती उच्च मात्रामा बाल्ने गरिन्छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ०७३ को लक्ष्मी पूजाका दिनदेखि उपत्यकामा लोडसेडिङ अन्त्य गरेका थिए । 

मङ्गलबार ८ कात्तिक २०७९ ०९:३४ AM मा प्रकाशित

प्रतिक्रिया