तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार

    images

    ९ साउन। बुटवलको तिनाउ र दानव नदीको बाढीमा फसेका दुई जनाको सकुशल उद्धार गरिएको छ ।

    बुटवल ११ मजुवास्थित तिनाउ नदीको बीचमा दाउरा खोज्न र माछा मार्न गएका पाखापानीका मिनबहादुर गाहा र दानव नदीमा फसेका बुटवल-१४ कैलाशनगरका जनक घर्तीलाई सशस्त्र प्रहरी,नगर प्रहरी र स्थानीयको प्रयासमा सकुसल उद्धार गरिएको हो ।

    तिनाउमा नदीको सतह बढेकाले दाउरा, माछा मार्ने वा खोला हेर्ने उद्देश्यले बाढीको जोखिम भएको  ठाउँमा नजान बुटवल उपमहानगरपालिकाले अनुरोध गरेको छ ।

    नदी किनारमा विपद्को टोली र नगर प्रहरी खटाएर माईकिङ गर्दै सावधानी र सतर्कता अपनाउन आह्वान गरेको नगर  प्रमुख खेलराज पाण्डेयले बताए

    मङ्गलबार ९ साउन २०८० १०:१७ AM मा प्रकाशित

    प्रतिक्रिया