×

भरतपुर अस्पतालमा ओपीडी सेवा निःशुल्क

images

चितवनमा रहेको भरतपुर अस्पतालले ओपीडी सेवा निःशुल्क गरेको छ । अस्पताल विकास समितिको बैठकले निर्णयगरी टिकट बापतको शुल्क नलिने भएको हो ।

भरतपुर अस्पतालमा दैनिक १ हजार ५ सयकाे हाराहारीमा बिरामीले ओपीडी सेवा लिने गरेका छन् । भरतपुर अस्पतालले लिँदै आएको टिकटबापतको ३० रुपैयाँ शुल्क नलिने निर्णय गरिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताउनुभयो  ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा.डा.कृष्णप्रसाद पौडेलले महिला र बीमा मार्फत् आउनेहरुले यसअघि नै शुल्क नलिने गरेको बताउँदै बाँकी रहेकाहरुलाई पनि शुल्क नलिने निर्णय गरिएको बताउनुुभयो।

पैसाको कारोबार गर्दा अलमल हुने र टिकट लिन लामो समय लाग्ने गरेकाले छिटोछरितो सेवा दिन पनि शुल्क नलिने निर्णय गरिएको डा. पौडेलले बताउनुभयो । 

चितवनलगायत यस आसपासका १२ जिल्लाको उपचारको गन्तव्य बनेको भरतपुर अस्पतालले पछिल्लो बिरामीहरुको विश्वास जित्दै गइरहेको छ ।

भरतपुर अस्पताल केन्द्रीय सरकारको मातहातमा रहने गरी विशिष्ट विशेषज्ञ अस्पतालका रुपमा स्तरोन्नति भएको यस अस्पतालमा १३ विभागमार्फत बिरामीको उपचार गरिँदै आएको छ ।

सोमबार ९ साउन २०७९ ०२:१९ PM मा प्रकाशित

प्रतिक्रिया