काठमाडौं । चितवन क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) सभापति रवि लामिछाने भारी मतान्तरले विजयी भएका छन् ।
चितवन २ मा खसेको सबै ७८ हजार २७७ मत गणना सकिँदा लामिछानेले ५४ हजार १७६ मत पाए । यस्तै कांग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २१४ मत पाउँदा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।
यसअघि मङ्सिर ४ को निर्वाचनमा पनि लामिछाने भारी मतका साथ विजयी भएका थिए । अहिले उनले त्यति बेला पाएको सर्वाधिक मतको पनि रेकर्ड ब्रेक गरे । गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेका थिए । अहिले उनले ४ हजार ८७४ मत पाए । लामिछाने र श्रेष्ठको मतान्तर ४३ हजार २५ रहेको छ ।
एमाले उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३५ मत पाए । यसअघि कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १४ हजार ९८८ र एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६५२ मत ल्याएका थिए ।
उनले यसअघि गत मंसिर ४ गते ४९ हजार ३०० मत पाएका थिए ।
प्रतिक्रिया