×

सुर्खेतको वीरेन्द्रनगरमा उम्मेदवारी दर्ता

images

यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा विभिन्न दलहरुले उम्मेदवारी दर्ता गराएका छन् । 

नेपाली कांग्रेसबाट नगर प्रमुखमा उपेन्द्र खड्का र उपप्रमुखमा रामकुमारी थापा, नेकपा (एमाले) बाट प्रमुखमा मोहनमाया ढकाल र उपप्रमुखमा निलकण्ठ खनाल तथा नेकपा (माओवादी केन्द्र)बाट प्रमुखमा राजेन्द्र गिरी र उपप्रमुखमा शान्ति ढकालले उम्मेदवारी दर्ता गराउनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार नेकपा (एकीकृत समाजवादी)बाट प्रमुखमा धना जिसी र उपप्रमुखमा थिरबहादुर रावत तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा मुकुन्दश्याम गिरी र उपप्रमुखमा अन्जु बस्यालले उम्मेदवारी दर्ता गराएका छन् । 

सोमबार १२ बैशाख २०७९ ०९:४० PM मा प्रकाशित

प्रतिक्रिया