×

रवि लामिछानेले तोडे आफ्नै रेकर्ड

images

काठमाडौं । चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् । प्रतिनिधि सभाको उपनिर्वाचन भएको चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार लामिछानेले मतको संख्या ५० हजार कटाएका छन्। 

पछिल्लो परिणामअनुसार उनले ५० हजार २९ मत प्राप्त गरिसकेका हुन्। योसँगै रास्वपा सभापति रविले मंसिर ४ को चुनावमा आफूले प्राप्त गरेको नतिजाको आफ्नै रेकर्ड तोडेका हुन।  

गत मंसिर ४ गतेको चुनावमा रवि लामिछानेले ४९ हजार ३०० मत पाएर विजयी भएका थिए । जहाँ नेपाली कांग्रेसबाट उम्मेदवार बनेका उमेश श्रेष्ठले १४ हजार ९८८ मत पाएका थिए भने एमालेका कृष्ण भक्त पोखरेलले १४ हजार ६५४ मत पाएर तेस्रो भएका थिए । लामिछानेले ३४ हजार ३१२ मतको भारी मतान्तरले जितेका थिए ।

अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।  नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो । 

सो क्षेत्रमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ ९ हजार १ सय ६५ मतका साथ  दोस्रो स्थानमा छन्। नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८ हजार ८७७ मत ल्याएर उनलाई पछ्याइरहेका छन्। 

मङ्गलबार १२ बैशाख २०८० ११:४२ AM मा प्रकाशित

प्रतिक्रिया