काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनाधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । तोकिएको समयमा संरचना नहटाए कानून अनुसार कारबाही गर्ने महानगरले चेतनावाी दिएको छ ।
महानगरले सुचना प्रकाशन गर्दै नदी बहाव, नदी उकास, नदी निकार र नदी करिडोरको सार्वजनिक क्षेत्रमा संरचना निमार्ण तथा अनाधिकृत रुपमा कब्जा गरी भोगचलन गरिरहेको सबै सरोकारवालालाई संरचना हटाउन निर्देशन दिएको हो । काठमाडौं महानगरपालिकाका सहायक प्रवक्ता दिपक अधिकारीले नदी किनारमा बनेका अनाधिकृत बस्तिहरु सात दिन भित्र हटाउन निर्देशन दिइएको बताए ।
उनले भने,‘ महानगपालिका भित्र बग्ने नदी किनारमा बनाइएका अनाधिकृत बस्ती सात दिनभित्र हटाउन निर्देशन दिइएको छ । महानगरले यो भन्दा पहिला पनि बस्ति हटाउन भनेको थियो । तर, त्यसबेला सुचना सर्वजनिक गरिएको थिएन । अहिले भने आधिकारिक रुपमा सुचना निकालिएको छ ।’
उनका अनुसार यसरी सार्वजनिक क्षेत्रमा कसैले पनि व्यक्तिगत आवास बनाएर बस्न मिल्दैन । तोेकिएको अवधिभित्र बस्ति नहटाए कानून अनुसार कारबाही गर्ने उनले चेतावनी दिए । उनले भने,‘ सार्वजनिक क्षेत्रमा सार्वजनिक व्यक्तिहरुको अधिकार हुन्छ । सम्पुर्णले प्रयोग गर्न पाउनु पर्छ । यदि तोकिएको मितिमा बस्तिहरु नहटाएमा महानगर कानुन अनुसार अगाडि बढ्छ ।’
प्रतिक्रिया