×

राज्य र नागरिकबीचको एकता नै लोकतन्त्रको अधार हो- प्रधानमन्त्री प्रचण्ड

images

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको अधार भएको बताएका छन् ।  रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेसनको उद्धघाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले राज्य र नागरिकको बलियो एकताले समाजिक आन्दोलनलाई राज्यको नीति निमार्णमा जोड्ने काम गर्ने बताएका हुन् । 

उनले भने,‘राज्य र नागरिकको बलियो एकता नै लोकतन्त्रको अधार स्तम्भ हो । जसले राज्यप्रति नागरिकको आफ्नोपन बोध गराउँछ । समाजीक आन्दोलनलाई राज्यको नीति निमार्णमा जोड्दछ । समाजिक मुद्धाहरु राज्यको साँझा मुद्धाको रुपमा स्थापित हुन्छ । ’

समाजीक र मानवीय कार्यको क्षेत्रमा काम गर्दै आएको लाईन्स क्लवले आगमी दिनमा समाजीक सेवाको क्षेत्रमा आफुलाई थप परिमार्जित गर्ने उनको भनाई छ । 
उनले भने,‘यस महाधिवेशनले समाजिक सेवाको क्षेत्रमा आफुलाई थप परिमार्जित गरेर लाने कुरामा म विस्वथ छु ।

राजनीतिक एवमं चेतनशील युवाहरुको विषेश सक्रियतामा लाईन्स क्लवले समाजिक र मानवीय कार्यको क्षेत्रमा काम गर्दै आएको छ ।’ हाल नेपालमा लाईन्स क्लवको १५ जिल्ला ५० हजार भन्दा बढि सदस्य रहेको र यसले नेपाली राजनीतिको गौरवलाई बढाएको उनको भनाई छ । 
 

शनिबार ११ चैत २०७९ ०३:५४ PM मा प्रकाशित

प्रतिक्रिया