काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमसीसीका विषयमा अन्यौलता बढ्दै गएसँगै विभिन्न राजनीतिक दलका नेताहरूले छलफललाई तीव्रता दिन थालेका छन् । प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षी दल नेकपा अध्यक्ष ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका हुन ।
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दोहोरो चरित्रका कारण देशमा सं...
दिनभर सत्ता गठबन्धनका नेताहरूसँग छलफल गरेका देउवा साझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । उनीहरूबीचको भेटमा एमसीसीका विषयमा छलफल हुने बताइएको छ । एमसीसीलाई जसरी पनि संसद्बाट अनुमोदन गर्ने पक्षमा रहेका देउवा सत्ता गठबन्धनको साथ नभए प्रमुख प्रतिपक्षीलाई भए पनि साथमा लिएर जाने मनस्थितिमा छन् । प्रधानमन्त्री देउवासँग सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की पनि सहभागी छन् ।
प्रमुख राजनीतिक दलबीत सहमति हुन नसक्दा विवादमा परेको अमेरिकी सहयोग परियोजना (एमसिसी) सम्झौता अन्ततः निष्कर्षतर्फ केन्द्रित भएको छ । यद्यपि विवाद र असहमति भने...
उनी पार्टी उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्री गगन थापा र पार्टी नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई साथमा लिएर बालकोट पुगेका हुन् । यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो । प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् ।
प्रतिक्रिया