×

बागमती सरकारले पायो पूर्णता, कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

images

काठमाडौं। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराज जम्कट्टेलले आफ्नो मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। ११ सदस्यीय मन्त्रिपरिषदलाई उनले बुधबार बाँकी मन्त्री नियुक्त गरेर पूर्णता दिएका हुन्। नवनियुक्त ८ मन्त्रीले प्रदेश प्रमुख यादवचन्द्र शर्माट पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

यहाँ गठबन्धनमा रहेका दलहरूमध्ये एमालेबाट ३, माओवादीबाट ३ र राप्रपाका २ जना नयाँ मन्त्रीहरूले शपथ लिएका हुन् । आज एमालेबाट एकालाल श्रेष्ठ, रामेश्वर श्रेष्ठ, केशव पोखरेल, माओवादी केन्द्रबाट युवराज दुलाल, गंगानारायण श्रेष्ठ र कुमारी मोक्तान साथै राप्रपाबाट डम्बर तामाङ र राजु विष्टले शपथ लिए ।  यसअघि पुस २६ गते विनाविभागीय मन्त्रीको शपथ लिएका राप्रपाका उद्वव थापाले ऊर्जामन्त्रायलयको जिम्मेवारी पाएका छन् । एमालेका जगन्नाथ थपलियाले मुख्यमन्त्रीसँगै आर्थिक मामिला तथा योजना मन्त्रीको शपथ लिएका थिए ।

वागमतीमा को-को मन्त्री ? (हेर्नुस् सूची)

१. मुख्यमन्त्री : शालिकराम जम्कट्टेल

२. आर्थिक मामिला तथा योजना मन्त्री : जगन्नाथ थपलिया

३. आन्तरिक मामिला तथा कानुन मन्त्री : गङ्गानारायण श्रेष्ठ

४. वन तथा वातावरण मन्त्री : राजु विष्ट

५. पर्यटन, उद्योग तथा सहकारी मन्त्री : डम्बर तामाङ

६. खानेपानी, उर्जा तथा सिंचाई मन्त्री : उद्दव थापा

७. भौतिक पूर्वाधार विकास मन्त्री : युवराज दुलाल

८. कृषि तथा पशुपन्छी विकास मन्त्री : केशव पोख्रेल

९ . श्रम रोजगार तथा यातायात मन्त्री : एकालाल श्रेष्ठ

१०. स्वास्थ्य मन्त्री : रामेश्वर श्रेष्ठ

११. सामाजिक विकास मन्त्री (कुमारी मोक्तान

बुधबार ११ माघ २०७९ ०४:०४ PM मा प्रकाशित

प्रतिक्रिया