×

महानगरपालिकाले डोजर चलाएर भत्काइएको स्थानमा सामुदायिक भवन बनाउन माग

images

काठमाडौ। काठमाडौं महानगरपालिकाले डोजर चलाएर भत्काइएको बाङ्गेमुढास्थित त्वाः छेँ (टोल घर) लाई सामुदायिक भवनको रूपमा पुनःनिर्माण गर्न स्थानीयवासीले माग राखेका छन् ।

स्थानीय बासन्दिाका अनुसार २८ नं वडा कार्यालय र सामाजिकरभाषिक संस्थाले केही समय अधिसमम चर्चेर आएको उक्त भवन माथिको दुवै पक्षले स्वामित्व दाबी गर्दै आए पनि घरधनी प्रमाणपत्र कसैको नाममा पनि बनेको देखिदैन ।

कुनै बेला उक्त स्थानमा सार्वजनिक शौचालय थियो । विसं २०३३ सालतिर छ वरपरका वडा टोल नःघल, बाङ्गेमुढा, न्ह्रयोखा, त्यंग, न्हैकतला र खिलँ टोलका बासिन्दाहरूको संयुक्त पहलमा चन्दा संकलन गरेर उक्त भवन ठड्याइएको थियो ।

वि सं २०३५ सालमा निर्माण सम्पन्न गरिएको दुई तले उक्त भवनमा स्थानीय जनताकै सुविधाका लागि भनेर सहमतिमा वडा कार्यालयलाई बस्न दिइएको थियो । पछि तीनतले पारिएको उक्त भवनमा केही दिन अघि काठमाडौं महानगरपालिकाले डोजर चलाएपछि उक्त भवनको स्वामित्व विवाद फेरि सतहमा आएको हो । नेपाल समाचारपत्र दैनिकबाट

सोमबार ७ कात्तिक २०७९ ०९:४१ AM मा प्रकाशित

प्रतिक्रिया