×

जर्मन चान्सलर स्कोल्ज इन्धनको खोजी गर्दै साउदी अरबमा

images

जर्मन चान्सलर ओलाफ स्कोल्ज दुई दिने खाडी भ्रमणको सुरुआतमा शनिबार साउदी अरब आइपुग्नुभएको छ ।

“रेड सी’को तटमा रहेको जेद्दाह विमानस्थलमा मक्का क्षेत्रका गभर्नर राजकुमार खालिद बिन फैसल अल साउदले स्कोल्जलाई स्वागत गनुभएको छ । त्यसपछि उहाँ साउदी अरबका प्रभाबशाली शासकसमेत रहेका राजकुमार मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको छ । 

शनिबार साँझ संयुक्त अरब इमिरेट्स (युएई) र त्यसपछि आइतबार कतार जानुअघि उहाँले साउदी महिलाको समूहसँग पनि भेटघाट गर्ने कार्यक्रम छ । जर्मन चान्सलरले युक्रेनमाथिको आक्रमणपछि रूसबाट आपूर्तिमा कमी आएसँगै तेल र ग्यासको धनी खाडी मुलुकहरूसँग नयाँ ऊर्जा साझेदारीमा सहमति जनाउने अपेक्षा गर्नुभएको छ । 

शनिबार ८ असोज २०७९ ०९:०६ PM मा प्रकाशित

प्रतिक्रिया