ललिता निवास जग्गा प्रकरणमा सीआईबीले क-कसलाई बनायो प्रतिवादी ? (नामावलीसहित)

    images

    ललिता निवास जग्गा प्रकरणमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले २८६ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन सिफारिस गरेको छ ।

    सीआईबीले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयलाई ललिता निवास जग्गा प्रकरणको छानबिन प्रतिवेदनसहित मुद्दा प्रक्रियाका लागि आफ्नो लिखित राय बुझाएको हो ।

    प्रतिवादी २८६ मध्ये ४८ जनालाई जग्गा फिर्ता प्रयोजनका लागि प्रतिवादी बनाइएको छ भने संगठित किर्तेमा २३८ जनालाई प्रतिवादी बनाइएको छ ।

    सीआईबीका अनुसार तीन प्रतिवादी हाजिर जमानीमा रहेको, तीन प्रतिवादीलाई हाजिर जमानीमा छाडिएको छ । यस्तै १८ प्रतिवादी पक्राउ परेका छन् भने अन्य फरार सूचीमा छन् ।

    यसैबीच सरकारी वकिलको कार्यालयमा बुझाइएको प्रतिवेदनमा मृत्यु भइसकेका २१ जना प्रतिवादीहरुको विवरण पनि समेटिएको छ । 

     

      बिहीबार ७ भदौ २०८० ०४:५१ PM मा प्रकाशित

      प्रतिक्रिया