×

पल शाहको मुद्दा विपक्षीको तर्फबाट स्थगित

images

अभिनेता पल शाहको मुद्दा प्रतिवादीको तर्फबाट स्थगित भएको छ । नवलपुर जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार (आज) प्रतिवादीको तर्फबाट स्थगित भएको हो । 

आज शाहको मुद्दा नवलपुर जिल्ला अदालतका एक नम्बर न्यायाधीश उमेश प्रसाद लुइँटेलको इजलासमा परेको थियो । आज फैसलाको अपेक्षा गरिएको भएपनि प्रतिवादी पूर्ण विक्रम शाह (पल शाह)को तर्फबाट स्थगित गराइएको नवलपुर जिल्ला अदालतले जनाएको छ । 

नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीका अनुसार बुधबारको पेसी प्रतिवादीका तर्फबाट स्थगित गराइएको छ । सूचना अधिकारी क्षेत्रीका अनुसार अब अर्को पेसीमा सुनुवाइ हुने पनि बताइएको छ ।

बुधबार ८ भदौ २०७९ ०६:३२ PM मा प्रकाशित

प्रतिक्रिया