×

काठमाडौंमा जुवा खेल्ने, खेलाउने र हेर्नेसहित २६ जना प्रहरी नियन्त्रणमा 

images

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका(७ हरहर महादेव डेरा गरी बस्ने सिन्धुपलान्चोक मेलम्ची नगरपालिका(९ की ३८ वर्षीय सागर लामाको कोठामा जुवातास खेल्ने, खेलाउने र हेर्नेसहित २६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोही ठाउँ बस्ने ३५ वर्षीय सन्जु श्रेष्ठ समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कांडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९४ हाजार ८ सय २५ रूपैयाँ र ८ बुक ताससहित पक्राउ गरेको हो । 

कागेश्वरी मनोहरा नगरपालिका(६ मुलपानीस्थित अमृता मगरको टहरोमा जुवातास खेलिरहेको अवस्थामा दोलखा मेलुङ गाउँपालिका(६ घर भएका २५ वर्षीय प्रदिप लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधरमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ७ सय ५० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।  

 
 

बिहीबार ७ भदौ २०८० ०२:५३ PM मा प्रकाशित

प्रतिक्रिया