नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई फसाउन विरोधीहरूले माकुराको जालो बुनिरहेको बताएका छन् । बिहीबार एमालेनिकट भूपू सैनिक-प्रहरी संगठनको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘माकुराको जालोमा भैंसी’ नपर्ने बताएका हुन् ।
‘म प्रधानमन्त्री, पराराष्ट्रमन्त्री, गृहमन्त्री हुँदा कतै नचिप्लियोस् भनेर कानुन पल्टाइ-पल्टाइ फैसला–निर्णय गरेको छु । त्यसकारण यिनीहरूका इच्छाले केही हुँदैन,’ उनले भने, ‘माकुराको जालोमा भैंसी पर्दैन यिनीहरूले बुझ्नुपर्छ । यिनीहरू माकुराको जालो बनाएर हिँड्छन्, केपी ओलीलाई पार्न। केपी ओलीको न खुट्टाले थाहा पाउँछ, न सिङले थाहा पाउँछ न त जिउले नै थाहा पाउँछ !’
उनले आफूले कसैले गोली हान्न सक्ने बताए। यसमा आपत्ति नभएको उनको भनाइ छ।
प्रतिक्रिया