काठमाडौं । व्यवसायीसँग घुस लिएको आरोप लागेका३५ तोला सुनसहित पक्राउ परेका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ।
प्रहरी प्रधान कार्यालयले डीएसपी केसीलाई जागिरबाटै हटाउन गृह मन्त्रालयमा सिफारिस गरेको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले बताए। छानविनका क्रममा डीएसपी केसीले गम्भीर गल्ती गरेको देखिएपछि बर्खास्तका लागि सिफारिस गरेको हो।
गत पुस ११ गते डीएसपी केसी व्यापारीको ३५ तोला सुनसहित पक्राउ परेका थिए। उनले सुन लुटेको आरोपमा तत्कालीन एसएसपी चन्द्रकुवेर खापुंगको नेतृत्वमा छानविन समिति बनाइएको थियो। समितिले केसीलाई फौजदारी कसूर अन्तरगत छानबिन गर्न सिफारिस गरेपनि आन्तरिक छानबिन मात्र भएको थियो ।
प्रतिक्रिया