×

ललित निवास प्रकरण : कुपण्डोलबाट दुईजना पक्राउ, पक्राउ पर्नेको संख्या २२ पुग्यो

images

काठमाडौँ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।  

उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो पक्राउ गरिएको आचार्यले बताए।

पक्राउपर्ने हरुमा नक्कली मोही बन्दै जग्गा हडपेको आरोपमा सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई सोमबार प्रहरीले पक्राउ गरेको हो । योसहित ललिता प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ ।

सोमबार ८ साउन २०८० ०२:२७ PM मा प्रकाशित

प्रतिक्रिया