बाढीले ट्रयाक्टरसहित चालकलाई बगायो  

    images

    बाजुरा, ८ साउन - बाजुरामा खोलामा आएको बाढीले बगाउँदा ट्रयाक्टर चालक बेपत्ता भएका छन् । 

    मार्तडी–कोल्टी सडकखण्डमा पर्ने बाउली खोलाको बाढीले गए राति से २ त ३२२५ नम्बरको ट्रयाक्टर बगाउँदा चालक डुबनारायण चौधरी बेपत्ता भएको प्रहरी नायव उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो । प्रहरीले बेपत्ता चालक चौधरीको खोजी गरिरहेको छ । 

    कोल्टीबाट मार्तडी आउँदै गरेको ट्रयाक्टर खोलामा ढुङ्गामा अड्किए पनि चालक चौधरी भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको खोजी गरिरहेको छ । 

    सोमबार ८ साउन २०८० ०२:४२ PM मा प्रकाशित

    प्रतिक्रिया