×

तेश्रो प्रधानमन्त्री कप ब्याडमिन्टन बुधबार देखी

images


काठमाडौं। नेपाल ब्याडमिन्टन संघको तत्वावधान तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिको आयोजनामा तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन

प्रतियोगिता आषाढ १३ गतेबाट हुने भएको छ ।
ललितपुरको नखिपोटस्थित नखिपोट ब्याडमिन्टन सर्कलको कभर्डहलमा आयोजना हुने प्रतियोगितामा महिला र पुरुष एकल, पुरुष युगल, पुरुष भेट्रान ४५ बर्ष माथिको युगल, यु–११, यु–१३ र यु–१५ छात्र÷छात्रा गरि १० विधामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक तथा बागमती प्रदेश ब्याडमिन्टन संघ तदर्थ समितिका अध्यक्ष रुद्र थिङ्गले जानकारी गराए ।

आषाढ १६ गते सम्म संचालन हुने प्रतियोगिताकोलाई राष्ट्रिय खेलकुद परिषद्को मुख्य सहयोग रहेकोछ भने नेपालका लागि योनेक्सको आधिकारीक विक्रेता योनेक्स सनराईज ईनास ईन्टरप्राईजेजको विशेष सहयोग रहेको छ ।
अनुमानित १४ लाख ४१ हजार लागत रहेको प्रतियोगितामा कुल पुरस्कार रासी ५ लाख ३३ हजार रहेको छ । जसमा पुरुष र महिला एकल तर्फ प्रथम, द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमशः नगद ५० हजार, २५ हजार र १० हजार प्राप्त गर्ने छन् ।

यस्तै पुरुष युगल तर्फ शिर्ष तीन बिजयीहरुले क्रमशः नगद ४० हजार, २० हजार र ८ हजार, भेट्रान्स तर्फका बिजयीहरुले क्रमशः ३० हजार, १५ हजार र ६ हजार तथा यु– ११, १३ र १५ का शिर्ष तीन बिजयी खेलाडीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार प्राप्त गर्ने छन् । यसका साथै बिजयी खेलाडीहरुले मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।प्रतियोगितामा करिव २५० खेलाडीहरुको सहभागिता रहने आयोजकले जनाएका छन् ।

शनिबार ९ असार २०८० ०५:२८ PM मा प्रकाशित

प्रतिक्रिया