×

सन्दीपको मुद्दाको पेशी आज

images


काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको अन्तिम पेशी सोमबारका लागि तोकिएको छ। बलात्कार आरोप लागेका सन्दीपलाई यसअघि बाँकी साक्षीको बयान लिन अदालतले आदेश दिएको थियो। ६ वैशाखमा अदालतले पीडित भनिएकी किशोरीको स्वास्थ्य जाँच गर्ने डाक्टर र साहब आलमसँग बयान लिएको थियो।

त्यसअघि २६ चैतमा न्यायाधीश शङ्करराज बरालको इजलाशमा उनको मुद्दाको सुनुवाइ भएको थियो। जहाँ अदालतले बाँकी रहेका तीन जनाको बकपत्र लिन आदेश दिएको थियो। तर जहाँ दुई जनाको सुनुवाइ हुँदा अर्का एक जना जाहेरी पक्षका व्यक्ति भने देश बाहिर रहेको भन्दै उनले प्रहरीमार्फत् अदालतमा जानकारी गराएका थिए।

सोमबार ११ बैशाख २०८० ०१:२० PM मा प्रकाशित

प्रतिक्रिया