काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य ८०० रुपैयाँले बढेको छ।
नेपाली बजारमा शुक्रबार छापावाल सुन ८०० रुपैयाँले बढेर तोलाको १ लाख ९ हजार ८०० रुपैयाँ कायम गरिएको छ । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी, तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया