×

सर्वसाधारणका लागि खुलाभयो रानीपोखरी--प्रवक्ता मानन्धर

images

काठमाडौं । रानीपोखरी पुनर्निर्माणपछि पहिलोपटक सर्वसाधारणको लागि खुला गरिएको छ । २०७२ को भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै

स्वरुप दिइएको थियो । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको भने थिएन

लामो समय बन्द हुँदा र मर्मत सम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरुप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको छ ।  बुधबारबाट सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको अब विनाटिकट अवलोकन गर्न पाईने काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले बताउनु भयो । 

शुक्रबार​ १० चैत २०७९ ११:१२ AM मा प्रकाशित

प्रतिक्रिया