×

देउवा भेट्न एमाले नेताहरु बालुवाटारमा

images

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ताका लागि बालुवाटार प्रवेश गरेका छन् । आजै उनले देउवासँग दोस्रोपटक भेट गर्न लागेका हुन् । यसअघि दिउँसो संसद भवन परिसरमा पनि दुई दलका नेताहरुबीच छलफल भएको थियो । त्यसपछि एमाले नेताहरुले माओवादी केन्द्रका नेताहरुसँग छलफल गरेका थिए । लगत्तै एमाले नेताहरुबीच बालुवाटार हिँडेका छन् ।

संसद वैठक स्थगित भएलगत्तै आज ओलीले देउवालाई भेटेका थिए । त्यसपछि माओवादी अध्यक्ष प्रचण्डसँग पनि उनको वान टु वान वार्ता भएको थियो । अहिले फेरि ओली देउवालाई भेट्न बालुवाटर गएका हुन् । उनीसँग एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल , उपाध्यक्ष विष्णु पौडेल र सुवास नेम्वाङ पनि बालुवाटर पुगेका छन् ।

कांग्रेस महाममन्त्री गगन थापा पनि वार्तामा सहभागी हुने छन् । उनी पनि बालुवाटार प्रवेश गरिसकेका छन् ।सत्तारूढ गठबन्धनमा रहेका दलहरूले एमसिसी पारित गर्न साथ नदिने भएपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्यका लागि सघन संवाद गरिरहेका छन्। एमालेले एमसिसी पास गर्न पहिला संसद सुचारू हुनुपर्ने बताएको छ।

त्यसका लागि आफूले कारबाही गरेका १४ सांसदलाई संसदमा राख्न नमिल्ने उसको माग छ। आफूले कारबाही गरेका सांसदलाई नहटाएर सभामुख अग्नि सापकोटाले पार्टी फुटाउन सघाएको भन्दै उनलाई हटाउनु पर्ने माग पनि एमालेले अघि सारेको छ।


 

बिहीबार १२ फागुन २०७८ ०७:२८ PM मा प्रकाशित

प्रतिक्रिया