काठमाडौ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ स्थित जमुनाहबाट प्रहरीले लागूऔषध ब्राउनसुगर सहित एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–२ बस्ने २२ वर्षीय सुरज गन्धर्व छन् ।
आरोपीको साथबाट २ ग्राम ५ सय मिलिग्राम ब्र्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ईलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया