×

रियल फेरि छ अंक अगाडि

images

म्याड्रिड । रियल म्याड्रिडले स्पेनी ला लिगाको शीर्ष स्थानमा फेरि छ अंकको अग्रता खोलेको छ । उसले यसका लागि सेभियालाई ३–१ ले हरायो । डिफेन्डिङ च्याम्पियनका लागि खेलको अन्त्यतिर लुकास भाजक्वेज र फेडे भाल्भेरडेले  गोल गरे । त्यस अगाडि लुका मोडरिचले पेनाल्टीबाट गरेको गोलले रियल अगाडि रहेको थियो ।

सेभियाका लागि एरिक लामेलाले बराबरी गोल फर्काए । जितसँगै रियलको ३१ अंक छ । बार्सिलोना दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको रियल सोसिडाड अर्को खेलमा रियल भालाडोलिडसँग १–० ले पराजित रह्यो । यस्तै रायो भालेकानोले काडिजलाई ५–१ र मार्लोकाले भ्यालेन्सियालाई २–१ ले हरायो ।
 

आइतबार​ ६ कात्तिक २०७९ ०८:४५ AM मा प्रकाशित

प्रतिक्रिया