×

इङ्ग्लिस प्रिमियर लिग-चेल्सी र युनाइटेडको बराबरी

images

लन्डन । कासमिराले इन्ज्युरी समयमा हेडबाट गरेपछि म्यानचेस्टर युनाइटेडले चेल्सीलाई शनिबार १–१ को बराबरीमा रोकेको छ । चेल्सीले जोरजिन्होको गोलले अग्रता लिएको थियो र टिम जिततर्फ अग्रसर देखिएको थियो । तर कासमिराले ९४ औं मिनेटमा बरबरी गोल गरे । चेल्सी २१ अंकमा चौथो तथा युनाइटेड २० अंकमा पाँचौं स्थानमा रहेको छ ।

शनिबारका अन्य खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ब्राइटनलाई ३–१ ले हरायो र शीर्ष स्थानमा रहेको आर्सनलमाथि दबाब सिर्जना गर्न सफल रह्यो । यस्तै एभरटनले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्‍यो । त्यस अगाडि खराव लयबाट गुज्रिरहेको लिभरपुल नटिङ्घम फरेस्टसँग १–० ले पराजित भएको थियो । 
 

आइतबार​ ६ कात्तिक २०७९ ०८:४९ AM मा प्रकाशित

प्रतिक्रिया