नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले भ्रष्टाचार निर्मूल गर्नुपर्ने नागरिकको चाहना पूरा गर्ने आफ्नो पहिलो दायित्व भएको बताएका छन् । काठमाडौँ आइतबार आयोजित चुनावी कार्यक्रममा बोल्दै नेता सिंहले व्याप्त भ्रष्टाचार निर्मूल गर्ने र सुशासन कायम गर्दै देश निर्माण आफ्नो पहिलो दायित्व रहेको बताए ।
'प्रशासनिक प्रक्रियामा झन्झटिलो छ । समयमा केही काम नहुने, जहाँ सुकै भनसुन चाहिने यस्तो अवस्थाको अन्त्य गर्नु मेरो पहिलो प्राथमिकता हो,' उनले भने । राजनीति अस्थिरताका कारण मुलुकको समस्याको जहाँको त्यहीँ रहेकाले राजनीति स्थायित्वले मात्र सुशासन र विकास निर्माणको प्रक्रियामा अगाडि बढ्ने भन्दै नेता सिंहले काठमाडौंमा देखिएको खानेपानी, फोहोर व्यवस्थापन ट्राफिक जामलगायत न्युनतम आधारभूत समस्याको समाधानका लागि काम गर्ने योजनासहित आफू फेरि जनतामाझ आएको बताए ।
प्रतिक्रिया