बनेपामा बसमा ढुङ्गा हान्ने बन्दकर्तालाई कुटपिट, अनुसन्धान हुँदै

    images

    काभ्रेको बनेपामा बसमा ढुङ्गा हान्ने पल राउत पक्राउ परेका छन् । 

    बिहान बसमा ढुङ्गा हानेपछि कालीकोटको नरहरिनाथ नगरपालिकाका राउतलाई बसका चालक सहचालकले कुटपिट गरेका थिए ।

    बिहान बनेपाको चारदोबाटोमा गाडीमाथि ढुङ्गा हाने आक्रोशित चालक र सहचालकसँगै त्यही जम्मा भएको स्थानीय बासिन्दाले घेरेका थिए । त्यसपछि प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो ।

    एसपी जोशीका अनुसार थप अनुसन्धानका लागि अहिले राउतलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनीसहित काभ्रेमा बन्द गराउँदै हिँड्ने आठ जना पक्राउ परेका पनि जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले जानकारी दिनुभयो । 

      मङ्गलबार ७ भदौ २०७९ ०२:४६ PM मा प्रकाशित

      प्रतिक्रिया