×

राष्ट्रिय मान्यता प्राप्त दलहरुबीच जुट्यो सहमति

images

काठमाडौं । संसदको गतिरोध अन्त्यका लागि दलहरुबीच दुईबुँदे सहमति भएको छ । राष्ट्रिय मान्यता प्राप्त दलहरूले अवरुद्ध संसद् खुलाउनेदेखि सुन प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।  

प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बसेको बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र जनता समाजवादी पार्टीका नेताहरु उपस्थित थिए । सोमबार बिहान कार्यदलको बैठकले आयोगको ड्राफ्ट तयार पारिसकेको छ ।

सुन तस्करी अनुसन्धानका लागि उच्चस्तरीय छानबिन समिति गठन गरिनुपर्ने अडान लिँदै संसद् अवरुद्ध गरिरहेको एमाले समिति बन्ने भएपछि सदन खोल्न राजी भएको हो। 

बुधबार ६ भदौ २०८० ०१:५९ PM मा प्रकाशित

प्रतिक्रिया