टाइटानिकको भग्नावशेष हेर्न गयको बेपत्ता पनडुब्बी फेला पर्‍यो, पाँचै जनाको मृत्यु

    images

    काठमाडौं । टाइटानिकको शताब्दी पुरानो भग्नावशेष हेर्न एक पर्यटन पनडुब्बीमा गएका पाँचै जनाको मृत्यु भएको घोषणा गरिएको छ।

    टाइटानिकको शताब्दी पुरानो भग्नावशेषको यात्रामा पाँच जनालाई बोकेको समुन्द्री पनडुब्बी ‘विपत्तिजनक विस्फोट’ को टुक्रामा फेला परे पछि त्यसमा सवार पाँच जनाको मृत्यु भएको घोषणा गरिएको बीबीसीले जनाएको छ।

    मारिनेमा ५८ वर्षीय हमिस हार्डिङ, ४८ वर्षीय शहजादा दाउद र उनका छोरा १९ वर्षीय सुलेमान दाउद, ७७ वर्षीय पल(हेन्री नार्गोलेट र ६१ वर्षीय स्टकटन रश रहेका छन्। यस घोषणासँगै पाँच दिन लामो खोज अभियान समाप्त भएको अमेरिकी तट रक्षक गार्डले बताएका छन् ।

    बीबीसीका अनुसार क्यानाडाली जहाजबाट खटाइएको एक रोबोट डाइभिङ गाडीले बिहीबार टाइटानिक जहाजबाट लगभग ४८७ मिटर नजिक पनडुब्बी टाइटनको पाँच भाग फेला पारेको थियो। यस हप्ताको सुरुमा रिपोर्ट गरिएको आवाजहरू अब यस क्षेत्रका अन्य जहाजहरूबाट आएको मानिएको छ। टाइटनमा सवार पाँच जनामध्ये बाबु–छोरा राजकुमार र सुलेमान दाउदका परिवारले उनीहरूको निधनप्रति दुःख व्यक्त गरेको छ। एजेन्सी 

    शुक्रबार​ ८ असार २०८० १२:१९ PM मा प्रकाशित

    प्रतिक्रिया