जन्ति बस दुर्घटना : ६ जनाको मृत्यु, १२ जना घाइते

    images

    गोरखा । गोरखामा गए राति जन्ति बस दुर्घटना हुँदा ५  जनाको मृत्यु भएको छ ।

    शहिद लखन गाउँपालिका-३ सिलिङ कोटगाउँबाट शहिद लखन गापा-५ पोखरी डाडाँ जन्ति फर्कने क्रममा सिलिङ र डाँडाबारीको बिचमा अमलडाँडा भन्ने ठाउँमा गाडी दुर्घटना भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । घटनाको थप विवरण आउन बाँकी छ ।

    जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनास्थलमा खोज तथा उद्धार जारी छ । उद्धार कार्यमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र विपद व्यवस्थापन समितिको टोली खटिएका छन् ।

    कच्ची बाटो, भिरालो स्थान र रातभर पानी परेकाले उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

    शुक्रबार​ ८ असार २०८० ०६:५१ AM मा प्रकाशित

    प्रतिक्रिया