उच्च अदालत पाटनले आदेश दिएसँगै काठमाडौंका सिनेमाघरहरुमा हिन्दी फिल्म चल्न थाले

    images


     काठमाडौं। उच्च अदालत पाटनले बिहीबाकाठमाडौं मा हिन्दी फिल्म चल्न दिने आदेश दिएसँगै शुक्रबारदेखि काठमाडौं का सिनेमाघरहरुमा हिन्दी फिल्म चल्न थालेका छन्।

    काठमाडौं का सिनेमाघरहरुमा बलिउड अभिनेता बिक्की कौशल र सारा अली खान अभिनीत ‘जरा हटके जरा बचके’ प्रदर्शनमा आएको हो। उच्च अदालत पाटनको आदेशसँगै बिहीबार चलचित्र संघले काठमाडौंमा हिन्दी फिल्म चलाउने निर्णय गरेको थियो।

    उच्च अदालतको आदेशलाई चुनौती दिँदै काठमाडौं का मेयर बालेन शाहले भने काठमाडौंका हलहरुमा हिन्दी फिल्म चल्न नदिने बताएका थिए।

    शुक्रबार​ ८ असार २०८० ०४:१७ PM मा प्रकाशित

    प्रतिक्रिया