×

अफगानिस्तानका महिला पत्रकारद्धारा बुर्का लगाउन सुरु

images

काठमाडौं । अफगानिस्तानमा आइतबारदेखि टेलिभिजन च्यानलहरूमा महिला प्रस्तोताहरूले अनुहार छोप्न थालेका छन् । तालिबान सरकारको आदेशपछि उनीहरूले टेलिभिजन पर्दामा देखिँदा बुर्का लगाउन थालेका हुन् ।

एकदिन अघिसम्म सरकारी आदेशको अवज्ञा गर्दै उनीहरू टेलिभिजनमा ’अनएयर’ भइरहेका थिए । गत वर्ष अमेरिकी फौजले अफगान भूमि छाडेपछि तालिबानले सजिलैसँग सत्ता कब्जा गरेको थियो ।

पछिल्ला केही सातायता तालिबानले महिलाहरूमाथि विभिन्न प्रतिबन्धको घोषणा गर्दै आएको छ । लोकप्रिय च्यानलहरू, जस्तै टोलो न्युज, अरियाना टेलिभिजन, सम्साद टेलिभिजन र १ टीभीमा महिला पत्रकारहरूले मुख छोप्ने बुर्का र हिजाब लगाएर समाचार वाचन गर्न र अन्य कार्यक्रम चलाउन थालेका छन् ।

सोमबार ९ जेठ २०७९ १२:२७ PM मा प्रकाशित

प्रतिक्रिया