×

२८ औं पटक सगरमाथाको चुचुरोमा पुगे कामीरिता

images

काठमाडौं । कीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन्। सेभेन समिट ट्रेक्सले दिएको जानकारी अनुसार शेर्पा मंगलबार बिहान साढे ९ बजे २८ औं पटक सगरमाथाको चुचुरोमा पुगेका हुन्।

सोलुखुम्बु पाङबोचेका पासाङ दावा शेर्पाले २७ औं पटक सगरमाथा चढेर कीर्तिमान बराबरी गरेपछि ५४ वर्षीय कामीरिताले आफ्नो नामको विश्व रेकर्ड कायमै राख्न २८ औं पटक सगरमाथा आरोहण गरेका हुन् । योसँगै कामीरिताले सबैभन्दा धेरै पटक (२८ औंपटक) सगरमाथा चढेको विश्व कीर्तिमान कायम गरेका छन् ।

सेभेन समिट ट्रेक्स प्रालिका अनुसार यो सिजनमा उनको दोस्रो सगरमाथा आरोहण हो । यसअघि उनी १७ मे २०२३ मा सगरमाथाको चुचुरोमा पुगेका थिए । सोलुखुम्बुको थामे गाउँमा जन्मिएका शेर्पा अहिले ५३ वर्षका भए। उनी पहिलोपटक सगरमाथा चढ्दा कामिरिता २४ वर्ष थिए। 

मङ्गलबार ९ जेठ २०८० ११:४७ AM मा प्रकाशित

प्रतिक्रिया