×

खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ

images


१० वैशाख, काठमाडौं । खलिस्तान समर्थक अमृतपाल सिंह भारतमा पक्राउ परेका छन् । उनी पक्राउ परेको पन्जाबका प्रहरी अधिकृतहरुले पुष्टि गरेका छन् ।

शिख समुदायका लागि स्वायत्त राज्यको माग गर्दै उनले ‘वारिस पन्जाब दे’ संगठनको नामबाट गतिविधि गर्दै आएका छन् । त्यो संगठनका प्रमुख अमृतपाल सिंह नेपालमा लुकेर बसेको नेपालस्थित भारतीय दूतावासले दावी गरेको थियो । तर नेपाल प्रहरीले त्यसको खण्डन गरेको थियो । अमृतपाल सिंहको बारेमा प्रतिनिधि सभामा पनि कुरा उठेको थियो ।

आइतबार​ १० बैशाख २०८० १०:४८ AM मा प्रकाशित

प्रतिक्रिया