×

बार्दलीबाट खसालेर हङकङकी डाक्टरको हत्या

images

एजेन्सी - हङकङकी एक डाक्टर क्यानडामा मृत फेला परेकी छन्। उनलाई १८ औँ तलाको बाल्कोनीबाट तल फालेर हत्या गरिएको प्रहरीले जनाएको छ। ६९ वर्षीया जोआना सेलाई अप्रिल १५ का दिन क्यालगरीमा बार्दलीबाट तल खसाइएको प्रहरीको भनाइ छ।

क्यालगरी प्रहरीका अनुसार उनलाई हातगोडा बाँधिएको अवस्थामा पैदलयात्रीले फेला पारेका थिए। पोस्टमार्टम रिपोर्टले ठक्करबाट उनको मृत्यु भएको पुष्टि गरेको छ। आपतकालीन उद्धारकहरु घटनास्थल पुग्दै गर्दा सो हत्याका मुख्य आरोपित ६१ वर्षीय ताङ देनले पनि बार्दलीबाट हाम फालेर आत्महत्या गरेका थिए। 

उनले हत्यापछि आत्महत्या गरेको प्रहरीको भनाइ छ। तर, हालसम्म घटनाको कारणबारे जानकारी दिइएको छैन। ‘यो घटना घरेलु प्रकृतिको देखिन्छ। हामीलाई लाग्छ, उनीहरुबीच नयाँ सम्बन्ध थियो। कारण पत्ता लगाउने कोसिस हामी गरिरहेका छौँ,’ प्रहरीले भनेको छ।

से क्यानडामा फ्यामिली डाक्टरका रुपमा कार्यरत थिइन्। उनको अफिस पनि नजिकै थियो।  हालै उनको सम्बन्धविच्छेद भएको बताइएको छ। उनका दुई छोरामध्ये एक हङकङमा बस्छन् भने एक क्यालगरीमै छन्। एससीएमपी

आइतबार​ १० बैशाख २०८० ११:२४ AM मा प्रकाशित

प्रतिक्रिया