×

भिक्टोरिया क्रस विजेता क्याप्टेन लिम्बूको निधन

images


ललितपुर । भिक्टोरिया क्रस विजेता भिसी क्याप्टेन रामबहादुर बेघा लिम्बूको ८८ वर्षको उमेरमा निधन भएको छ ।

लिम्बूको शनिबार बिहान ३ः४५ बजे ललितपुरस्थित मेडिसिटी अस्पतालमा निधन भएको उनका छोरा मोहन बेघा लिम्बूले जानकारी दिए ।

लिम्बू ६ महिनादेखि बिरामी थिए । झापास्थित बिएन्डसी अस्पतालमा ठीक नभएपछि उनी तीन महिनादेखि ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत थिए । लिम्बूलाई नखिपोटस्थित घरबाट अस्पताल लैजाने र ल्याउने गरिँदै आएको थियो ।

तर एक महिनायता भने उनलाई मेडिसिटी अस्पतालमै राखेर उपचार भइरहेको थियो । लिम्बूको अन्त्येष्टि दमकमा गरिने उनका छोरा मोहनले जानकारी दिए । दमक–८ का स्थायी बासिन्दा लिम्बूको स्वास्थ्य अवस्था जटिल भएपछि उनलाई गोर्खा वेल्फेयर र सशस्त्र प्रहरीको सहयोग र समन्वयमा हेलिकप्टर चार्टर गरी काठमाडौँ ल्याइएको थियो । उनी मिर्गौला र मुटुसम्बन्धी रोगबाट पीडित थिए ।

आइतबार​ १० बैशाख २०८० १०:५५ AM मा प्रकाशित

प्रतिक्रिया